NRN
आज अमेरिकी डलर र कुवेती दिनारको मूल्य बढ्दा अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको दर अनुसार आज अमेरिकी डलर र कुवेती दिनारको मूल्य बढेको छ ।

अघिल्लो दिन एकको खरिददर १३२ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रूपैयाँ २१ पैसा कायम भएकाे अमेरिकी डलर बुधबार एकको खरिदमा १३२ रूपैयाँ ७५ पैसा र बिक्रीमा १३३ रूपैयाँ ३५ पैसा पाइन्छ ।

त्यस्तै, अघिल्लो दिन एकको खरिददर ८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७७ पैसा तोकिएको अष्ट्रेलियन डलर बुधबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७१ पैसामा पाइन्छ भने क्यानेडियन डलर एकको खरिदमा भने आज ९८ रूपैयाँ ४८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ९२ पैसा पाइन्छ। 

त्यसैगरी, आज युरोपियन युरोको मूल्य भने घटेको छ । मंगलबार एकको खरिददर १४४ रूपैयाँ ३३ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९९ पैसा तोकिएको युरो आज एकको खरिददर १४४ रूपैयाँ २१ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८६ पैसामा पाइन्छ । 

युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा भने २८ रूपैयाँ ०८ पैसा र बिक्रीमा २८ रूपैयाँ २१ पैसा पाइन्छ ।

त्यस्तै, राष्ट्र बैंकले बुधबारको लागि साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५ रूपैयाँ ५६ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा बुधबार ३६ रूपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५८ पैसा पाइन्छ ।

बहराइन दिनार एकको खरिददर बुधबारको लागि ३५२ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ७६ पैसा तोकिएको छ । त्यसैगरी, अघिल्लो दिन एकको खरिददर ४३० रूपैयाँ ९२ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ८७ पैसा तोकिएको कुवेती दिनार आज कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ २२ पैसामा पाइन्छ । 

 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update