NRN
निर्वाचन आचारसंहिता उलङ्घन गर्दै शेखर कोइराला निवासमा चियापान

निर्वाचन आचारसंहिता उलङ्घन गर्दै नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निवास विराटनगरमा चियापान कार्यक्रम गरेका छन् ।

बिहीबार राष्ट्रियसभाको निर्वाचन हुँदैछ । कोशीका दुई सिटमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ ।

बुधबार बिहान ८ बजेर ३० मिनेटमा चियापान सुरु हुने काेइरालाकाे सचिवालयले जनाएको छ ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता कोइरालाले राष्ट्रियसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलासहित निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधि बोलाएर चियापान गरेका हुन् ।

शून्य समयको बेला कोइरालाले उम्मेदवार र मतदाता सहभागी गराएर कुनै पनि भेला, भोजभतेर र कार्यक्रम गर्न नपाउने निर्वाचन आचारसंहितालाई उल्लङ्घन गर्दै कोइरालाले चियापान कार्यक्रम आयोजना गरेका छन् । साे कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाईँलगायत कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भए ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update