NRN
डोनाल्ड ट्रम्पले जिते न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव

डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव जितेका छन् ।

ट्रम्पले ११ र उनकी प्रतिद्वन्द्वी निक्की हेलीले ८ प्रतिनिधि पाइन् । प्राइमरीको नतिजा अनुसार न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका २२ प्रतिनिधि रहेका छन् ।

यो प्राइमरी निर्वाचनमा जो कोही विजयी हुने राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग निश्चित हुने विश्वास गरिन्छ । अमेरिकी चुनावमा पार्टीबाट राष्ट्रपतिको उम्मेदवार छान्न ककस र प्राइमरी प्रणाली अपनाइन्छ ।

ट्रम्पले न्यु ह्याम्पशायर जितेपछि रिपब्लिकनका लागि यो दौड समाप्त भएको विश्लेषण गरिएको छ । पूर्व राष्ट्रपतिको लागि यो महत्वपूर्ण जीत हो । यो जितसँगै ट्रम्पलाई आगामी नोभेम्बरमा पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने हैसियत बनाइदिएको छ ।

यसअघि जनवरी १५ मा आयोवा प्रान्तमा पार्टीको पहिलो ककसको आयोजना गरिएको थियो । यसमा ट्रम्पले जित हात पारेका थिए । आयोवामा १६०० भन्दा बढी ठाउँमा मतदान भएको थियो, जसमा ट्रम्प विजयी घोषित भएका थिए ।

 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update