- राजन घिमिरे,
सिड्नी पछिल्लो समय अष्ट्रेलियामा आईटी अध्ययनले बिश्वसनीय , भरपर्दो र रोजगारीको महत्वपूर्ण बिधाको रूपमा पहिचान बनाउंन थालेको छ । यसै क्रममा यो बिधा सम्बन्धी अध्ययन गराउने र रोजगारीको सिर्जना गरिदिन उचित भूमिका खेल्ने आईटी कम्पनी हो एक्स्ट्रा टेक ।
अष्ट्रेलियामा आईटी अध्ययन गर्न आउंने नेपाली बिध्यार्थीहरू मांझ यो सस्थाले कमाएको नाम सांच्चै उल्लेखनीय रहेको छ।यसैबीच सिड्नी, मेलबर्न ,क्यानवेरा र नेपालमा रहेको एक्स्ट्रा टेक अब अष्ट्रेलियाको अर्को शहर एडीलेटमा पनि सन्चालनमा आएको छ । एक्स्ट्रा टेकको संस्थापक बिनोद कुंवर र सदिक्क्षा गौतम हुन भने यसको क्यानभरा र एडीलेटको एक्स्ट्रा टेकको प्रमुखमा अमर पौडेल रहेका छन ।
एडीलेटमा आइटी सम्बन्धी अध्यन गर्नु भएका र यसलाई नै करिएर बनाएर अगाडि बढ्न खोज्ने बिध्यार्थीहरूको अबस्थालाई ध्यानमा राखेर एडीलेटमा एक्स्ट्रा टेक सन्चालनमा आएको जानकारी अमर पौडेलले दिए । कार्यक्रममा यसका सस्थापक बिनोद कुवंरले एक्स्ट्रा टेकलाई भबिष्यमा अन्य शहर र मूलुकहरूमा पनि बिस्तार गरिने जानकारी दिए । यतिबेला एडीलेटको एक्स्ट्रा टेकको अपरेशन मेनेजरको रूपमा सुजित खत्री रहेका छन ।
एडीलेटको एक्स्ट्रा टेक शुभारम्भको अबसरमा एनआरएनए साउथ एडिलेट स्टेट संयोजक संजयराज पुरी लगायतले एक्स्ट्रा टेकले खेलेको सकारात्मक भूमिकाको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा अमर पौडेलले एक्स्ट्रा टेकसंग लिएको ज्ञान र शिक्षाले हजार भन्दा बढीले आइटीमा रोजगारी पाईसकेको जानकारी दिएका छन । एक्स्ट्रा टेकले लामो समयदेखी आइटी,एकाउन्टींग र इन्जिनियरिगमा ग्रयाजुयट भएकालाई ट्रेनिंग दिएर उनीहरूलाई यिनै बिधामा रोजगारी मिलोस भन्ने उद्देश्यले साथ र सहयोग गर्दै आइरहेको छ ।