नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशि मुद्राकाे विनियमदर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे विनियमदर अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ।
अघिल्लो दिन अर्थात् बुधबार एकको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा काराेबार भएकाे अमेरिकी डलरको पाँच पैसाले घटेर बिहीबार डलर एकको खरिदमा १३२ रूपैयाँ ७० पैसा र बिक्रीमा १३३ रूपैयाँ ३० पैसामा काराेबार भइरहेकाे छ ।
बिहीबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ५८ पैसा र बिक्रीदर ८७ रूपैयाँ ९७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने आज ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा पाइन्छ।
त्यसैगरी, आज युरोपियन युरोको मूल्य बढेको छ । बुधबार युरो एकको खरिददर १४४ रूपैयाँ २१ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८६ पैसा तोकिएको युरोपियन युरो आज एकको खरिदमा १४४ रूपैयाँ ६० पैसा र बिक्रीमा १४५ रूपैयाँ २६ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर भने बिहीबारको लागि ३५ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५४ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा बिहीबार ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५६ पैसा पाइन्छ ।
त्यस्तै, आज युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा भने २८ रूपैयाँ ०५ पैसा र बिक्रीमा २८ रूपैयाँ १७ पैसा पाइन्छ।
कुवेती दिनारको विनिमय दर अघिल्लो दिनको तुलनामा बढेको छ । बुधबार कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ २२ पैसा तोकिएको थियो । आज दिनार एकको खरिददर ४३१ रूपैयाँ ३६ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ३१ पैसा तोकिएको छ ।
त्यसैगरी, बहराइन दिनार एकको खरिददर बिहीबारको लागि ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको छ ।