NRN
राष्ट्रियसभा चुनावको मतदान बहिष्कार मतदान गर्न गएनन् बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन् । 

बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा मतदान भइरहेको छ ।

मतदान गर्न उपमेयर सुनिता डंगोल भने हेटौंडा पुगिसकेकी छन् ।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले मेयर शाह हेटौंडा नगएको जानकारी दिए । ​राष्ट्रियसभाको चुनावमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख-उपप्रमुख मतदाता छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update