NRN
प्रवासी नेपालीहरूको मन जित्ने काम गर्छु : प्रधानमन्त्री 
  •  राजन घिमिरे 

काठमाडाै‌ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सधै प्रबासी नेपालीहरूको साथमा रहेको कुरा बताएका छन । प्रधानमन्त्रीले नेपाल र नेपालीका लागि प्रबासी नेपालीहरूले गरेको योगदान र दिएको साथलाई नेपालले भूल्न नहुने कुरा बताए । प्रधानमन्त्री प्रचण्डले एनआरएनएका प्रतिनिधि मण्डलहरूसंगको भेटमा यस्तो कुरा बताएका हुन ।प्रधानमन्त्रीले नेपाल र नेपालीको बिकास हुने कार्यमा बाधा पार्ने कानुन र नितीलाई सबै मिलेर सच्चाउंने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

 प्रधानमन्त्रीसंगको भेटना एनआरएनए प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई  सफल कार्यकालको शुभकामना दिदै संघको तर्फबाट ज्ञापनपत्र बुझाएका थिए । भेटमा  गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रबिना थापाले संघले गरेको कामका बारेमा जानकारी गराएकी थिईंन भने  सरकारले प्रबासी नेवालीहरूका लागि गर्नुपर्ने नीतिगत र कानूनी सुधारका बारेमा अबगत गराएकी थिईन । 

  भेटमा संघका अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न आग्रह गरेको थिए  । नागरिकताको विषयलाई जोड दिएका थिए -‘ यो बिषय जतिसक्दो चांडो टुंगाउन आग्रह गर्दछु -‘ आचार्यको भनाई थियो ।

भेटमा संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारको पनि लगानी रहेको १० अर्बको लगानी कोषलाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाईबारेमा अबगत गराएका थिए । प्रधानमन्त्रीसंगको भेटका संघका पूर्व अध्यक्ष, भवन भट्ट, संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, संघका उपाध्यक्ष आरके शर्मा, सचिव खगेन्द्र न्यौपाने, महिला सचिव राधिका गुरुङ, सहकोषाध्यक्ष नारायण सुवेदी, युवा संयोजक अब्दुल वसिद, संघका पूर्व सल्लाहकार टि.बि कार्की, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, आजिवन सदस्य (युएसए) नारायण थापा  लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update