घर आँगन अनि साथी भाई दर्शन नमस्ते है सबैलाई सुख दुख भनौँ यस्तै रैछ को आफ्नो बिदेशमा को पराई…..॥ केही गर्ने सोच ,उद्देश्य अनि सपना बोकेर दिनहुँ जसो परदेशिएका यूबाहरूको मन बोलेको र भावना समेटिएको यो गीतका गायक हुन् नितेशजंग कुँवर ।
नितेशजंगको यो गीत बजारमा आएको ६ बर्षभन्दा बढी भैसक्यो तर, गीतले उठाउन र भन्न खोजेको कुरा आज आएर झनै मेल खान थालेको छ । गीतको मर्म र मूलुकको अबस्थाबीच तालमेल भएपछि यो गीतको सान्दर्भिकताले झनै उचाई पाउन थालेको छ ।
नेपालको बर्तमान परिवेश र अबस्था चित्रण गर्ने यो गीतका शब्दले दिनहुँ जसो परदेशिएका नेपाली यूबाहरूको अबस्था, प्रबासको संघर्ष र कथा - ब्यथालाई चरितार्थ गर्न खोजेको छ । पछिल्लो समय यूबा पुस्ता माझ निकै चर्चित र मन पराईएका गायकको रूपमा स्थापित भएका नितेशजंग कुँवर सांगितिक कार्यक्रम प्रस्तुत गर्न पहिलोपटक अष्ट्रेलिया आउने भएका छन् । उनिसँगै गायिका समृद्धि राईको पनि सांगितिक प्रस्तुती समेटिने भएको छ । नितेशजंग कुँवर अष्ट्रेलियाको बिभिन्न शहर हुँदै फ्रेबुअरी २३ तारेख शुक्रबारका दिन सिड्नीको भब्य हल राउण्ड हाउसमा गुन्जने छन् ।
नेपाली चलचित्र नेपाल पछि बढी चल्ने र सांगितिक कार्यक्रम बढी प्रस्तुत हुने देशको रूपमा चिनिने अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूको संख्या बढेसँगै नेपाली चलचित्रको प्रदर्शन र सांगितिक कार्यक्रमहरूको आयोजनामा पनि बढाेत्तरी आउन थालेको हो -‘अष्ट्रेलियामा रहनु हुने यूबा पुस्ताका नेपालीहरूकै चाहनालाई ध्यानमा राखेर हामीले यो कार्यक्रमको आयोजना गर्न लागेका हौ । कार्यक्रम सफल हुने कुरामा हामी ढुक्क छौ -‘ आयोजकहरूको भनाई छ । हाम्रो नेपालमा नाम दिइएको यो कार्यक्रमको टुर ब्यबस्थापन रोशन भट्टराई र राजेश घिमिरेले गरेका हुन भने इभेन्ट ब्यबस्थापन भने क्रिजन श्रेष्ठ र डिजे शुसिलको रहेको छ ।