दुई वटा संसदीय समितिको बैठक आज बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बिहान साढे ११ बजे बैठक बोलाएको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित संशोधन प्रस्तावकर्ता माननीय सदस्यहरूसँग छलफल हुनेछ ।
त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिले दिउँसो १ बजेका लागि बैठक बोलाएको छ । बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा छलफल हुनेछ ।
प्रकाशित मिति: आइतबार, माघ १४, २०८० ११:१३
प्रतिक्रिया दिनुहोस्