नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशि मुद्राकाे विनिमयदर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे विनिमयदर अनुसार आइतबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
शुक्रबार एकको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसामा कारोबार भएको अमेरिकी डलर आइतबार पनि सोही मूल्यमा काराेबार भइरहेको छ ।
त्यस्तै, राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा २० पैसा घटेर आइतबार युरोपियन युरोको एकको खरिददर १४४ रूपैयाँ २९ पैसा र बिक्रीदर १४४ रूपैयाँ ९४ पैसा तोकिएको छ ।
त्यसैगरी, शुक्रबार पाउण्ड एकको खरिददर १६९ रूपैयाँ ८७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६३ पैसा कायम गरिएको बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८५ पैसामा काराेबार भइरहेकाे छ ।
अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ५८ पैसा र बिक्रीमा ८७ रूपैयाँ ९८ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ७० पैसा र बिक्रीमा ९९ रूपैयाँ १५ पैसा पाइन्छ ।
यस्तै, युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ २९ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ०७ पैसा र बिक्रीमा २८ रूपैयाँ १९ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ५८ पैसा तोकिएको छ ।आइतबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ३९ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ३४ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५४ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ ।