NRN
सुनसान देखिने नाढीताल नयाँ वर्षमा पर्यटकले भरीभराउ


सर्लाही। बिगत ५ वर्ष देखि सुनसान देखिने सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको नाढीमन तालमा आज पर्यटकहरुको भिड लागेको छ ।

 प्राय सुनसान देखिने नाढीमन ताल अंग्रेजी नयाँवर्ष २०२३को अवसरमा आन्तरिक तथा बाह्य पर्यटहरुको भिडले खचाखच भरिएको छ । केहि वर्ष पहिला व्यवस्थित रहेको तालमा नयाँवर्ष बाहेकका दिनमा पनि पर्यटकहरुको भिड लाग्ने गरेको थियो । 
 
सुनसान देखिने तालको डिलमा भारतीय पर्यटक तथा स्वदेशी आन्तरिक पर्यटक तालको डिलमा रमाइरहेका दृश्यहरु  देखिएकाे छ ।आज नयाँ वर्ष मनाउनेहरु अधिकांश  भारतीय र केहि आन्तरिक पर्यटकहरु रहेका छन् । यस्तै पर्यटकहरु दिनहु आए भने चन्द्रनगर गाउँपालिकाको मुहार फेरिने चन्द्रनगर गाउँपालिकाको स्थानिय सुरेन्द्र महतोले बताए ।

Antariyak prayatak1672572936.jpg

 भारत, राज्य बिहार जिल्ला सितामढी बस्ने उदय पटेलले यो ताल एकदम रमणीय भएको बताए ।  बिहारको अन्य ठाउँ भन्दा चन्द्रनगरको नाढीताल पर्यटकीय हिसाबले सुहाउँदो भएको भारतीय नागरिक पटेलकाे भनाई थियाे ।  ग्रामिण भेगमा ताल भएपनि सुविधा सम्पन्न भएकाे भन्दै आफुले वर्षौ वर्ष सम्म यो यात्रालाई सम्झने अर्का भारतीय नागरिक चन्द्रशेखर यादवले जानकारी दिए।

आन्तरिक पर्यटक मिरगेन्द्र विक्रम साहले यो प्राकृतिक ताल हो भन्दै यसको आफैमा छुटै पहिचान रहेकाे बताए । तालको विकासमा स्थानिय सरकार गम्भिर हुनुपर्ने उनको भनाइ थियाे ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले आफुले नाढीमन तालको विकासको लागि हर सम्भव प्रयास गरिरहेको बताए । उनले भारतीय पर्यटक तथा आन्तरिक सदरमुकाम मलंगवा लगायत विभिन्न ठाउँको पर्यटक भित्राउनन वर्षौ देखि रहेको जिर्ण बाटोलाई मर्मत गरी सुचारु गराएको जानकारी दिए । चन्द्रनगरदेखि सदरमुकाम मलंगवा जोडने बाटो बाढीले गर्दा खोलामा परिणत भएको भन्दै बाटो मर्मत पश्चात आज पर्यटकको भिडनै लागेको अध्यक्ष महतोले दाबी गरे । अब क्रमश नाढीताल विकासको लागि आफु अघि बढने अध्यक्ष महतोले बताए ।

तालको २०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरु समयमै नाढीमन ताललाई उचित व्यवस्थापन नगरे पछि पर्यटकहरु घटेको थियो । अर्को कारण बागमती नगरपालिकामा निर्माण धिन भरत तालले चिनिने माछा पोखरीका कारण पनि पर्यटक घटेको स्थानियहरुले बताउछन् । अहिले भने नयाँ जनप्रतिनिधिहरु आएपछि बोटहरु मर्मत गरेपछि फाटफुट पर्यटकहरु आउने गरेको छ ।

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update