NRN
चितवनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

चितवनको भरतपुर महानगरपालिका-१६ शिबघाटमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते छन् । 

शरणपुरबाट नारायणगढ आउँदै गरेको बा प्र ०३-००१ च ११९७ नं. को बोलेरोले बा प्र ०३-००३प ८६२४ नं. को मोटरसाइकललाई शनिबार बेलुका करिब साढे सात बजेको समयमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही स्थान बस्ने ४१ वर्षिय मधुसुधन खत्री र उनकी छोरी १५ वर्षीय अपेक्षा खत्री गम्भीर घाइते भएको प्रहरीले जानकारी दिशेकाे छ ।  घाइतेहरूलाई नयाँ मेडिकल कलेजमा उपचारको लागि पठाइएको थियो ।

उपचारको क्रममा राती करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो । छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन र बोलेरो चालक प्रहरी नियन्त्रणमा छन् ।

 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update