NRN
धरहरामा आजदेखि निःशुल्क पार्किङको व्यवस्था

काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो ।

केहिदिन अघि काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेपछि त्यस क्षेत्रमा जाने हरुको सवारीसाधन धरहरा क्षेत्रमा निशुल्क पार्किङको ब्यबस्था गरेको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको बताए । यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको व्यवस्था मिलाएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update