NRN
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पट्रम्पले यौन दुर्व्यवहार गरेको ठहर

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार गरेको आरोपमा ट्रम्प दोषि ठहर भएका छन् ।

न्यूयोर्कको अदालतले पूर्व राष्ट्रपति एवं सन् २०२४ का राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई लेखक इ जिन क्यारोललाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषि ठहर्‍याउँदै क्षतिपूर्ति बापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको हो । त्यस्तै, अदालतले ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको भन्र्द क्षतिपूर्तिस्वरूप ७३ लाख अमेरिकी डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख अमेरिकी डलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख अमेरिकी डलर जरिवाना पनि तोकेको छ ।

न्यूयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रूथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाई र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशहरूको बाढी ल्याएका थिए । 

 

 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update