- राजन घिमिरे, सिड्नी
सिड्नीमा रगडेल नेपाली समाजको प्रथम साधारण सभा सम्पन्न भएको छ । साधारण सभा रगडेल पार्कमा समाजका अध्यक्ष कृष्ण प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
एनआरएन एनएसडब्ल्यूका अध्यक्ष बिनोद कूवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राज कुमार अधिकारी बिशिष्ठ अतिथी र जनसम्पर्क समिती एनएसडब्ल्यूका संयोजक सितल खांड गिरी, एनआरएनका यूवा संयोजक अनन्त गुरूङ, रकडेल यूवा समाजका संयोजक सनम गुरूङ, एनआरएन एनएसडब्ल्यूका यूवा सदस्य सुमन लामा र ने.वि. संघका सभापती सरोज तिमिल्सेना अतिथी रहनु भएको साधारण सभा कार्यक्रममा समाजका उपाध्यक्ष रामकिशोर कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो भने समाजका सचिब भक्त बाहादुर बस्नेतले कार्यक्रम संचालन गर्नु भएको थियो ।साधारण सभाले रामकिशोर कार्कीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती चयन गरेको छ ।
कार्यसमितीमा गंगाप्रसाद भण्डारी उपाध्यक्ष, श्याम सुन्दर पण्डित सचिब, सरिता भेटवाल कोषाध्यक्ष चयन भएका छन् भने सदस्यहरूमा जुन माया जिसी, सिता पण्डित र हरिबहादुर महर्जन रहेका छन् । यसैगरी संस्थाको सल्लाहकारहरुमा सितल खांड गिरी, कृष्ण प्रसाद पौडेल, भक्तबहादुर वस्नेत, राजकुमार अधिकारी, निरन्जन प्रसाई, चन्द्र मणि कंडेल र गोबिन्द भन्डारी रहेका छन् । संस्थाको लेखा सुपरिवेक्षणमा भोलाप्रसाद पराजुली संयोजक, संगीता पान्डे र सेख अबुलेश सदस्य रहेका छन् ।