प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पुगेकाे छ । मूलपानी क्रिकेट मैदानमा सोमबार गण्डकीलाई ६ विकेटले हराउँदै पुलिस २ खेल अगाडि नै फाइनलमा पुगेको हो ।
१७१ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
पुलिसको जितमा दीलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए भने कुशल भुर्तेल ६ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा आउट भए । अर्जुन साउद ४९ बलमा ५ चौका र १ छक्कासहित ४४ रन, आरिफ शेख २२ बलमा ५ चौकासहित २७ रनमा नट आउट रहे ।
गण्डकीका सन्दीप पराजुलीले ६.२ ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने विपिन खत्री र कमल परियारले १–१ विकेट लिए ।
पुलिस ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ । बागमती ९ खेलमा ६ मा जित र ३ मा हारसहित दोस्रो स्थानमा छ । मधेश ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।
आर्मी ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंककासाथ चौथो स्थानमा छ । १० टोली सहभागी प्रतियोगिता शीर्ष दुई टोली फाइनल खेल्नेछन् । पुलिसले दोस्रो स्थानमा रहने टोलीसँग फाइनल खेल्नेछ । दोस्रो स्थानको लागि आर्मीको सबैभन्दा बलियो सम्भावना छ ।