नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुन–चाँदीको मूल्य निर्धारण गरेकाे छ । साेहि निर्धारण गरेकाे मूल्य अनुसार आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
याे मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँले बढेको हो ।
त्यसैगरी, सोमबार प्रतितोला १४ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।