NRN
बढ्याे आज अमेरिकी डलरसँगै पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरको मूल्य

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलरसँगै पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरको मूल्य  बढेको छ ।

सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३३ रूपैयाँ २९ पैसा कायम भएकाे अमेरिकी डलर राष्ट्र बैंकले आज एकको खरिददर १३२ रूपैयाँ ७२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३२ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ३ पैसा बढेको हो ।

त्यस्तै, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २४ पैसा र बिक्रीमा ८७ रूपैयाँ ६४ पैसा कायम भएकाे अष्ट्रेलियन डलर आज एकको खरिदमा भने ८७ रूपैयाँ ६२ पैसा र बिक्रीमा ८८ रूपैयाँ ०२ पैसा पाइन्छ ।

मंगलबार क्यानेडियन डलर भने एकको खरिदमा भने ९८ रूपैयाँ ८० पैसा र बिक्रीमा ९९ रूपैयाँ २४ पैसा पाइन्छ । 

त्यसैगरी, अघिल्लो दिनको तुलनामा १ पैसाले बढेको पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३३ पैसा पाइन्छ । 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५५ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४० पैसा र बिक्रीमा ३६ रूपैयाँ ५७ पैसा पाइन्छ ।

त्यस्तै, आज युरो एकको खरिदमा १४३ रूपैयाँ ५९ पैसा र बिक्रीमा १४४ रूपैयाँ २४ पैसा तोकिएको छ । 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६४ पैसा तोकिएको छ ।कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ३३ पैसा र बिक्रीमा ४३३ रूपैयाँ २८ पैसा पाइन्छ । 

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३० पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ०४ पैसा र बिक्रीमा २८ रूपैयाँ १६ पैसा पाइन्छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update