सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदविरुद्ध प्रहरीमा उजुरी
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
बझाङ बुंगल नगरपालिका वडा नं १ निवासी धनबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय कैलालीमा मन्त्री साउदविरुद्ध उजुरी हालेका हुन् ।
मन्त्री साउदले ज्यान मार्ने धम्की भन्दै उनले उजुरी दिएका हुन् । मन्त्रीले केही समयअघि ऋण लगेको तर बारम्बार फिर्ता माग्दा पनि नदिने तथा उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बोहराले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको बताइएकाे छ ।
कैलाली प्रहरीले यस विषयमा थप छानबिन भइरहेको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८० ११:५०
प्रतिक्रिया दिनुहोस्