बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीमाथि मंगलबार प्रतिष्ठान परिसरमै दुर्व्यवहार भएको छ । उपकुलपतिको कार्यकक्षमा भेट्न गएका तीन जनाले उनीमाथि मोसो दल्ने प्रयास गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ ।
दिउँसो १ बजेतिर कामु उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गर्न खोजेको सुनसरी प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिएका छन । उनले भने, ‘तीनमध्ये एक जनाले मोविल प्रहार गर्न खोज्दा त्यहाँ खटिएको प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ, ‘भिसी सरलाई केही पनि हुन पाएन ।
उनीहरूले कामु उपकुलपति कार्की आफ्नो माग पूरा गराउन बाधक बनेको आरोप आन्दोलनकारीको छ । ओपिडी र पठनपाठन ठप्प रहेको प्रतिष्ठानमा आइतबारदेखि ओपिडी सेवा आंशिक रूपमा सुरू भएको प्रहरीले जानकारी दिएको छ ।
बढुवाको माग गर्दै आन्दोलनरत शिक्षक, कर्मचारीहरूले सेवा बहिष्कार गरेपछि पुस २९ गतेदेखि नै ओपिडी सेवा र विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको थियो ।