NRN
रेखा शर्मा सञ्चारमन्त्री,  माओवादीलाई चार मन्त्रालय

काठमाडौं । माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्रालयमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ । मंगलबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनजनालाई मन्त्री बनाउने निर्णय गरेका हुन् ।

सत्तागठबन्धनमा माओवादीले प्रधानमन्त्रीसहित चारवटा मन्त्रालय पाएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन् । 

प्रचण्डले अमनलाल मोदीलाई संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री, सुदन किरॉतीलाई पर्यटन र  रेखा शर्मालाई सञ्चार मन्त्री बनाएका हुन् । नयाँ मन्त्रीहरूले मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update