बुधबार चाँदीकाे मूल्य स्थिर रहँदा, सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवारका लागि सुनचाँदीकाे मूल्य निर्धारण गरेकाे छ । साे निर्धारण गरेकाे मूल्य अनुसार मङ्गलबारकाे तुलनामा बुधवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । याे मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ बढेको हो ।
त्यसैगरी, बुधवार चाँदी तोलामा १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेकाे छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० ११:१६
प्रतिक्रिया दिनुहोस्