NRN
चोरी भई अमेरिका पुगेको प्राचीन मूर्ति नेपाल फिर्ता

आज नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका चारवटा कलात्मक वस्तुहरू नेपाल फिर्ता भएका छन् । सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुरातत्व विभागले प्रेस विज्ञप्ति जारी गरी उक्त कुराकाे जानकारी दिएको हो ।चोरी गरेर अमेरिका पुर्‍याइएका दुईटा मुकुन्डो र दुईटा मूर्तिहरु नेपाल फिर्ता गरी बुधबार पुरातत्व विभागलाई जिम्मा लगाइएको छ ।

फिर्ता ल्याइएको मूर्तिमा १६ औँ शताब्दीमा बनेका २ मुखुण्डा जुन दोलखाको भीमेश्वर नगरपालिका वडा नंं २ स्थित गुरकोट टोलबाट वि.स. २०५० साल फागुन २२ गते चोरी भई विभिन्न माध्यम हुँदै अमेरिकाको Dallas Museum of Art र Rubin museum of Art मा पुगेका थिए । १६औँ शताब्दीमा नै बनेको उमामहेश्वरको मूर्ति जुन पाटनको ओमवहाल परिसरको फल्चाबाट सन् १९८० देखि सन् १९९० को दशकको बीचमा चोरी भई विभिन्न माध्यम हुँदै Brooklyn museum मा पुगेको थियो । १७ औँ / १८ औँ शताब्दीमा निर्मित दुर्गाको मूर्ति भक्तपुरको हनुमानघाटस्थित स्मारक स्वरूप शिवलिङ्ग रहेको स्थानबाट चोरी भई अमेरिका पुगेको थियो ।

यी कलात्मक वस्तुहरुको उत्पत्ति स्थल नेपाल भएको विभागले प्रमाणित गरेपछि अन्तर्राट्रिय कानुन अनुसार फिर्ता भएको र यसअघि बेलायत, अमेरिका, अष्ट्रेलिया, चीन, भारत, जर्मनी, अस्ट्रिया, इटलीबाट जम्मा १४५ थान मूर्तिहरु तथा कलावस्तुहरू विभिन्न राष्ट्रिय- अन्तराष्ट्रिय व्यक्ति तथा सघंसंस्थाहरुको प्रयासबाट फिर्ता भइसकेको समेत विज्ञप्तिले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update