नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । महासंघका अनुसार यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।
अघिल्लो दिन प्रतितोला अर्थात् बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार एक सय ५० रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।