NRN
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालमा पनि पेट्रोल र डिजेलमा मूल्य वृद्धि

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि आजदेखि नेपालमा पनि पेट्रोल र डिजेलमा मूल्य वृद्धि भएको छ ।

इन्डियन आयल कर्पोरेशनले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगम सञ्चालक समितिको बैठक बसेर मूल्य वृद्धि गरेको हो । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको छ ।

नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update