बाँसबारीको १० रोपनी जग्गा हडपेको आरोपमा अरूण चौधरी र अजितनारायण सिंह थापा पक्राउ
व्यवसायी अरुण चौधरीलाई सीआइबीले पक्राउ गरेको छ । बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले लैनचौरबाटप्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
छाला उद्योगको १० रोपनी जग्गा हडपेर चाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा पक्राउ गरिएको सीआईबीको भनाइ छ । चौधरीसँगै छाला उद्योगका पदाधिकारी अजितनारायण सिंह थापालाई पनि पक्राउ गरिएको छ ।
२०४२ देखि विभिन्न मितिमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा, छालाजुत्ता कारखानाको पन्चायतकालको सन्चालक समिति निर्णयको आधारमा चौधरी र अजितनारायण सिंह थापालगायतको मिलेमतोमा हडपेको आरोपमा पक्राउ गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८० १४:०८
प्रतिक्रिया दिनुहोस्