NRN
आईसीसी यू १९ विश्वकपको सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दै

आईसीसी यू १९ विश्वकपको सुपर सिक्स खेलमा नेपालले आज छिमेकी टोली भारतसँग खेल्दैछ । दक्षिण अफ्रिकामा जारी खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

भारतले भने ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डलाई दुई सय १४ रनको विशाल अन्तरले पराजित गरेको थियो ।

नेपाल सुपर सिक्स खेल्नुअगावै सेमिफाइनलबाट बाहिरिसकेको छ । त्यसैले आजको खेल नेपालको प्रतिष्ठासँग मात्र जोडिएको छ । खेल जिते पनि नेपालको यो प्रतियोगिताको यात्रामा आज बिराम लाग्नेछ ।

 

 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update