नेपाल राष्ट्र बैंकले साताकाे अन्तिम दिन अर्थात् शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ३९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८४ पैसा पाइन्छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ २७ पैसा र बिक्रीमा ८६ रूपैयाँ ६६ पैसा तोकिएको छ ।
त्यसैगरी, युरोपियन युरो एकको खरिदमा १४३ रूपैयाँ १० पैसा र बिक्रीमा १४३ रूपैयाँ ७५ पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०७ पैसामा काराेबार भइरहेकाे छ।
त्यस्तै, राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४८ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५० पैसा पाइन्छ ।
शुक्रबार युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २२ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ र बिक्रीमा २८ रूपैयाँ १३ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९२ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ५६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ५१ पैसा पाइन्छ।