शुक्रबार पनि नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । गत सोमबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले आज पाँचौं दिन पनि बढेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
याे मूल्य अघिल्लो दिन अर्थात् बिहीबारकाे तुलनामा प्रतितोला तीन सय रूपैयाँ बढेको हो।
त्यसैगरी, बिहीबार प्रतितोला १४ सय १० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।