NRN
भारतविरुद्ध नेपालले एकै ओभरमा लियो दुई विकेट

आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्समा भारतविरुद्ध नेपालले १४ औँ ओभरमा दुई विकेट लिएको छ ।

शुक्रबार दक्षिण अफ्रिकको मनगंग ओभलमा जारी खेलको १४ औं ओभरको पाँचौं र छैटौं बलमा नेपालले दुई विकेट लिएको हाे ।  

१३.५ ओभरमा भारतका प्रियान्सु मोलियाले रनआउट भएका थिए । मोलियालाई १९ रनमा आकाश चन्दले रन आउट गरेका हुन् । ओभरको अन्तिम बलमा आकाश चन्दले अर्शिन कुलकर्णीलाई १८ रनमा बोल्ड गरेका हुन् ।

नेपाललाई पहिलो सफलता गुल्शन झाले दिलाए । उनले पाँचौं ओभरको अन्तिम बलमा आदर्श सिंहलाई २१ रनमा आउट गरेका हुन् ।

दक्षिण अफ्रिकाको मंगउड ओभल मैदानमा नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको भारतले १५ ओभरमा ३ विकेट गुमाएर ६५ रन बनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update