साताको पहिलो दिन अर्थात् आइतबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन–चाँदीको मूल्य सार्वजनिक गरेकाे छ । सार्वजनिक गरेकाे मूल्य अनुसार नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ । लगातार पाँच दिन बढेको सुनको मूल्य आज भने घटेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, शुक्रबार प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।