NRN
युरो र पाउण्ड बढ्दा घट्याे अमेरिकी डलरको मूल्य, कतिमा साटिन्छन् अन्य मुद्रा ?

नेपाल राष्ट्र बैंकले साताकाे पहिलाे दिन अर्थात् आइतबारका लागि विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य घटेकाे छ भने युरो र पाउण्डकाे मूल्य बढेकाे छ । 

शुक्रबार डलर एकको खरिददर १३२ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०५ पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा काराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०७ पैसा घटेको हो ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ ४४ पैसा र बिक्रीमा ८७ रूपैयाँ ८४ पैसा पाइन्छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रूपैयाँ ४२ पैसामा काराेबार भइरहेकाे छ ।

त्यसैगरी, युरो एकको खरिदमा आज १४४ रूपैयाँ ०७ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७२ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ९७ पैसा बढेको हो ।

त्यस्तै, शुक्रबार पाउण्ड एकको खरिददर १६७ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०७ पैसामा काराेबार भएकाे बेलायती पाउण्ड स्टर्लिङ आज एकको खरिददर १६८ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६८ पैसामा काराेबार भइरहेकाे छ ।  

आइतबार युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २० पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ०७ पैसा र बिक्रीमा २८ रुपैयाँ १९ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३० पैसा र बिक्रीदर ३५ रूपैयाँ ४६ पैसा तोकेको छ । कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ । 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७६ पैसा तोकिएको छ । कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ८३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ७८ पैसा पाइन्छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update