NRN
अमेरिकी मुलुक चिलीको एक जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु, एक हजार बढी घरहरु जलेर नष्ट

अमेरिकी मुलुक चिलीको एक जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ । चिलीका राष्ट्रपति गैब्रिएल बोरिकका अनुसार सेन्ट्रल चिलीको वालपराइसो क्षेत्रको जङ्गलमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको हो । राष्ट्रपति बोरिकले मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने जानकारी दिएका छन् ।

सामान्य भन्दा बढी तापक्रम र तेज हावाका कारण डढेलो फैलिएको बताइएको छ । मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रको आकाश भुावा र खरानीले ढाकिएको छ । समुद्री किनारमा अवस्थित पर्यटकीय सहर विना डेल मार आसपासमा आगलागीको प्रभाव बढी देखिएको छ । हाल त्यस क्षेत्रमा उद्धार कार्य जारी रहेको छ ।

विना डेल मार सहरका मेयरका अनुसार झन्डै २ सय जनाभन्दा बढी मानिस बेपत्ता रहेका छन् । गृह मन्त्रालयका अनुसार चिलीमा ४३० वर्ग किलोमिटरभन्दा बढी क्षेत्र आगलागीका कारण प्रभावित बनेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update