एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट हुँदा अधिवेशन स्थगित
नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । बगामती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले एक विज्ञप्ति जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित भएको जनाएका छन् ।
गत शुक्रबार सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा हिजो बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको हो ।
बन्दसत्रमा कुटाकुट हुँदा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।
जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २१, २०८० १२:०३
प्रतिक्रिया दिनुहोस्