NRN
बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ

बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

ती पूर्व सईविरूद्ध एउटै घरमा डेरा गरी बस्ने एक किशोरीले बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । ती सईले पुस १७, १८ र १९ गते तीन दिन बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । 

किशोरीले सईले आफूलाई विभिन्न धम्कि दिएर लगातार तीनदिन बलात्कार गरेको आरोप लगाएकी छिन् ।

आरोपी यादवले १ पुस २०७६ मा प्रहरीबाट राजीनामा दिएका थिए । र, हाल निजी कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update