NRN
हिंसा दोहोरिन नदिने गरी टिआरसी विधेयक पारित गर्नुपर्छ : ओली

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् । सोमबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पीडितहरूले न्याय पाउने, पीडित केन्द्रित कानुन बनाउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने बताए । ओलीले मानवता विरुद्धका जघन्य अपराधहरूमा छुट नहुने गरी र दण्डहीनता नहुने तथा फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले समाधान गर्नुपर्ने बताए ।

उनले टिआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुरामा सहमति हुन बाँकी रहेको बताए । यद्यपि सबै विषयमा सहमति भएपछिमात्रै विधेयक पारित हुनु पर्ने ओलीको धारणा थियो । पीडितहरुले न्याय पाउने, पीडित केन्द्रित कानून बनउनुपर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने उनको भनाइ छ ।

यस्तै, संघीय सरकारको काम कारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको ओलीले बताए ।

 

 

 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update