नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तुलनामा सुन यसदिन प्रतितोला दुई सय रूपैयाँ घटेको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिन अर्थात् बुधबारको तुलनामा आज चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।