नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशि मुद्राकाे विनिमय दर निर्धारण गरेकाे छ । निर्धारण गरेकाे विनिमय दर अनुसार बिहीबार अमेरिकी डलरको मूल्य घटेको छ ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६० पैसा र बिक्रीदर १३३ रूपैयाँ २० पैसा तोकिएको डलर आज एकको खरिददर १३२ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १४ पैसा घटेको हो ।
त्यस्तै, युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २३ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रूपैयाँ ८२ पैसा र बिक्रीमा २७ रूपैयाँ ९५ पैसा पाइन्छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ८६ रूपैयाँ ८७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ २९ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७३ पैसा पाइन्छ ।
त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ३२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०७ पैसा तोकिएको छ भने आज युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ६५ पैसा र बिक्रीमा १४३ रूपैयाँ २९ पैसा पाइन्छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४८ पैसा तोकेको छ । यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४९ पैसा पाइन्छ ।
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९२ पैसा तोकिएको छ ।बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ १८ पैसा पाइन्छ ।