क्यानडाविरुद्ध नेपालले २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२५ रनको लक्ष्य दिएको हो ।
कुशल भुर्तेलले ५८ बलमा ६२ रन, आशिफ शेखले २४ बलमा ८ रन जोडेका थिए । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले १७ बलमा ८ रन जोडेका थिए भने भीम सार्कीले २६ बलमा १७ रन बनाएका थिए । कुशल मल्लले ३२ बलमा २० रन, आरिफ शेखले ५० बलमा ३८ रन, पवन सर्राफले १५ भने सूर्य तामाङले १० रन बनाए । सोमपाल कामीले २३ बलमा २७ रन बनाए ।
त्यस्तै, आजै डेब्यु गरेका सूर्य तामाङले ३२ बलमा १० रन, रिजन ढकालले ४ बलमा ४ रन भने ललित राजवंशीले १ बलमा १ रन बनाए ।
सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो ।
क्यानडाले अब केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।