NRN
सुन प्रकरण : पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा बयान दिन सिंहदरबारमा

भेपमा लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा बयान दिन पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा सिंहदरबार पुगेका छन् । सिंहदरबारस्थित सुन छानबिन समितिको कार्यालयमा बयान दिन उनी पुगेका हुन् ।

समितिले बोलाएपछि पुगेका उनले बयान दिएका हुन् । भेपमा लुकाएर तस्करी भएको ९ किलो प्रकरणमा चिनियाँ तस्करसँग सम्पर्क भएको देखिएपछि महरासँग समितिले बयान लिएको हो । 

सोही प्रकरणका महराका छोरा राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update