NRN
रौतहटमा एमालेका अध्यक्ष ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत

रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ ।

एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् ।

नेकपा एमालेको रौतहटको १० औ जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा अध्यक्ष ओलीले कार्यक्रमको उद्घाटन गरेका छन् । उनलाई आयोजक एमाले जिल्ला कमिटी रौतहटले १०१ किलोको माला लगाएर स्वागत गरेको हो ।

अधिवेसनमा ओलीसँगै केन्द्रिय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, केन्द्रिय सचिब तथा कोशी प्रदेश ईन्चार्ज रघवीर महासेठ लगायतको उपस्थिति थियाे ।

भोलिसम्म चल्ने अधिवेशनले रौतहटमा नया जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागी चारजनाको नाम चर्चामा रहेको छ । अध्यक्षको लागि अखिलेश्वर चौधरी, सचितानन्द साह, रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानिय नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update