NRN
यस्ताे छ शुक्रबारको विदेशि मुद्राकाे विनिमय दर, कुन मुद्राकाे कति ?

नेपाल राष्ट्र बैंकले शुक्रबारको विदेशि मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०४ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ २५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा पाइन्छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ०१ पैसा र बिक्रीमा ८६ रूपैयाँ ४० पैसा पाइन्छ ।

त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६५ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ५५ पैसा र बिक्रीमा १४३ रूपैयाँ १९ पैसा पाइन्छ ।

त्यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २२ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ७७ पैसा र बिक्रीमा २७ रूपैयाँ ८९ पैसा पाइन्छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४८ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ । 

त्यसैगरी, बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९३ पैसा तोकिएको छ भने आज कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ८८ पैसा पाइन्छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update