NRN
कोशी प्रदेश सरकार : आज ४ मन्त्री र १ राज्यमन्त्रीको शपथ

कोशी प्रदेश सरकारमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

सरकारमा नवनियुक्त पाँच मन्त्रीहरूलाई मुख्यमन्त्री कार्यालय कोशीका अनुसार ४ जनालाई मन्त्रीहरूलाई शपथ खुवाउने भने एक जनालाई राज्यमन्त्रीलाई शपथ खुवाउने तयारी भएको छ । 

मुख्यमन्त्री कार्यालयका अनुसार माओवादीबाट २ जना र काङ्ग्रेस बाट १ जना राज्यमन्त्री सहित ३ जना मन्त्रीको सपथ हुनेछ ।

माओवादीबाट नारायण बुर्जा र राजेन्द्र कार्की मन्त्रीमा र कांग्रसबाट राम खत्री र प्रदीप सुनुवार मन्त्री तथा इन्दिरा थापा राज्यमन्त्रीमा नियुक्त हुने बताईएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update