NRN
अमेरिकी डलर, युरो र पाउण्डकाे मूल्य बढ्दा आइतबार अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?

नेपाल राष्ट्र बैंकले साताकाे पहिलाे दिन अर्थात् आइतबारको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर, युरोपियन युरो र पाउण्डकाे मूल्य बढेकाे छ । 

शुक्रबार एकको खरिददर १३२ रूपैयाँ ४४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०४ पैसा कायम गरिएको अमेरिकी डलर आज एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसाकाराेबार भइरहेकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसा बढेको हो।

त्यस्तै, युरोपियन युरो अघिल्लो दिनको तुलनामा २० पैसा बढेर आज युरो एकको खरिदमा आज १४२ रूपैयाँ ७४ पैसा र बिक्रीमा १४३ रूपैयाँ ३९ पैसा तोकिएको छ ।

शुक्रबार पाउण्ड एकको खरिददर १६६ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६५ पैसा कायम गरिएको बेलायती पाउण्ड स्टर्लिङ आज एकको खरिददर १६७ रूपैयाँ ११ पैसा र बिक्रीदर १६७ रूपैयाँ ८७ पैसा काराेबार भइरहेकाे छ ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ५२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ९७ पैसा कायम गरिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ २९ पैसा र बिक्रीमा ८६ रूपैयाँ ६८ पैसा पाइन्छ । 

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५१ पैसा तोकेको छ भने कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५२ पैसा पाइन्छ । 

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २३ पैसा तोकिएको भने कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३१ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २५ पैसा पाइन्छ । 

आइतबार युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा पाइन्छ । मलेसियन रिंगिट एकको खरिदमा आइतबार २७ रूपैयाँ ८२ पैसा र बिक्रीमा २७ रुपैयाँ ९५ पैसा पाइन्छ ।

 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update