नेपालले एसीसी वुमन्स प्रिमियर कपमा क्रिकेटमा भुटानलाई ८ विकेटले पराजित गरेको छ ।
आज बिहान मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हराउँदै दोस्रो जीत निकालेको हाे । ६६ रनको झिनो लक्ष्य पछ्याएको नेपालले १२ औं ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि सीता राना मगरले अविजित ३२ रन जोडिन् । उनले ३७ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरिन् । त्यस्तै, पूर्वकप्तान रुविना क्षेत्रीले २४ बलमा १–१ चौका र छक्कासहित अविजित १७ रन बनाइन् । कविता कुँवर ५ र कप्तान इन्दु वर्मा समान १ रनमा आउट भएका थिए ।
यसअघि बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रनमात्र बनाउन सकेको थियो । भुटानकी ओपनर न्गावांग चोडेनले ५० बलमा १ चौकासहित सर्वाधिक र्विाधिक २५ रन बनाइन् ।
नेपालकी कविता कुँवर, इन्दु बर्मा र सीता रानामगर र कविता जोशीले समान १–१ विकेट लिएका थिए ।
यस जीसँगै नेपालको २ खेलमा ४ अंक पुगेको छ । अब नेपालले मंगलवार समूह विजेता बन्न माल्दिभ्सको सामना गर्नेछ । आज अर्को खेलमा हङकङ र माल्दिभ्स खेल्दैछन् ।
नेपाल रहेको समूह 'डी' मा हङकङ, माल्दिभ्स र भुटान छन् । नेपालले अब फागुन १ गते माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।