NRN
मोहम्मद अफताब आलमको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै

राजपुर बम कान्डका आरोपी मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ आज हुँदैछ । जिल्ला अदालत गौरका एक नम्बर न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासमा आलमको मुद्दामा सुनुवाइ हुने भएको छ ।

गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप आलममाथि लागेको छ ।

उक्त घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेको थियो ।

उनीमाथि १८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’ मा मुद्दा दायर भएको थियो । यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update