NRN
काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुकाे महानगरविरुद्ध प्रदर्शन

काठमाडौं महाानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले महानगरविरुद्ध प्रदर्शन गरेका छन् ।

आइतबार राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा  काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाइन् । उनले फुटपाथ व्यवसायीहरलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरु लुटेर लगेको आरोप पनि लगाइन् ।

महानगरपालिकाले फुटपाथ व्यवसायीहरुका माग सम्बोधन गर्नुपर्ने प्रदर्शनका सहभागीहरुको माग छ । 

अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरुले गरिखान पाउनुपर्ने र उचित र वैकल्पिक ठाउँ दिनुपर्ने बताए । उनको काठमाडौं महानगरपालिका व्यापारीको व्यवस्थापनभन्दा पनि बेरोजगार बनाउन उद्धत भएको आरोप थियो ।

प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर, हाम्रो आन्दोलन जारी छ, व्यवसायी एकता जिन्दवाद, राजु पाण्डे मुर्दावाद, पुँजीवादी मेयर चाहिँदैन लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update