NRN
फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

नेकपा माओवादी केन्द्रले जितेका केही पालिकाहरूले जनयुद्ध दिवसको अवसर भन्दै फागुन १ मा सार्वजनिक बिदाको घोषणा गरेपछि गृह मन्त्रालयले उक्त दिन सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ । 

गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा बिदा कायम नरहेको जनाएको हो ।

सूचनामा नेपाल राजपत्र (खण्ड ७२, सङ्ख्या ६५, भाग ५ र मिति २०७९–१२–०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जारी उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update