NRN
अष्ट्रेलियामा परराष्ट्र्मन्त्रीले भने ‘नेपाल सरकार सधै प्रबासी नेपालीहरूको साथमा छ -‘

- राजन घिमिरे, अष्ट्रेलिया

परराष्ट्रमन्त्री एन.पी साउदले प्रबासमा रहनु हुने नेपालीहरूका हरेक सुख दु:खमा नेपाल सरकार सधैँ साथमा रहने बताएका छन् ।

सोमबार अष्ट्रेलियाको राजधानी क्यानभरामा जन सम्पर्क समिति क्यानभेराले आयोजना गरेको कार्यक्रममा मन्त्री साउदले बिदेशमा सिकेको सिप र ज्ञानलाई आफ्नो जन्मभूमिमा लगाउन आग्रह समेत गरे -‘ बिदेशमा रहेका नेपालीहरूलाई पासपोर्ट र गैह्र आबासीय नेपाली नागरिकता दिन सरकारले कुनै कन्चुस गरेको छैन । कुनै समय प्राविधिक वा प्रशासनिक झन्झट आयो भने हामी त्यसलाई बिस्तारै हल गर्ने छौँ -‘ उनले जानकारी दिए ।

साउदले एक प्रसंगमा अगाडि भने -‘ तपाईहरूलाई नेपालसँग जोड्ने बिषयमा नियम र नितीहरुमा सुधार गर्नु परे हामी तयार छौँ । नेपालको गैह्र आबासीय नेपाली मैत्री निती कसरी बनाउन सकिन्छ ? आउनुस सल्लाह गरेर अगाडि बढौँ -‘ । नेपाल सरकार प्रबासी नेपालीहरूको सधै भलो र प्रगती हेर्न चाहने कुरामा परराष्ट्रमन्त्री साउदले अगाडि भने -‘ पछिल्लो समय अष्ट्रेलियामा नेपालीहरूको संख्या बढेसँगै यहाँ रहनु हुने नेपालीहरूले नेपाली राजदूतबासबाट सेवा छिटो र छरितो नपाएको गुनासो गर्नु भएको छ । त्यस तर्फ म राजदूताबाससँग बुझेर कहाँ समस्या भएको हो र कस्तो समस्या भएको हो । त्यस्ता समस्याको हल चाँडै गर्ने छौँ -‘ ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेलले आफूले १८ महिनाको कार्यकालमा धेरै नयाँ काम गरेको जानकारी दिँदै राजदूताबास यहाँ रहनु हुने नेपालीहरूको सल्लाह र सुझाब बोकेर अगाडि बढने जानकारी दिए । बिध्यार्थीहरूको बारेमा जानकारी दिँदै राजदूत पोखरेलले भने -‘ नेपाल जान चाहनेलाई हामी पठाउँन सक्छौं तर जान नचाहनेलाई सकिँदैन । किनकी यहाँको निती र कानुन नै यस्तो छ - ‘।

जनसम्पर्क समिती अष्ट्रेलियाका अध्यक्ष सुरेश गुरूङले गैह आबासीय नेपाली संघमा देखा परेको किचलोको चाँडै समाधान गरिदिनु हुन परराष्ट्रमन्त्री समक्ष आग्रह नै गरे । उनले जनसम्पर्क समिती अष्ट्रेलियाले यहाँ रहेका गैह्र आबासीय नेपालीहरूलाई एक बनाउन जहिले पनि साथ र हात दिएको कुरा तर्फ जोड दिए ।

कार्यक्रममा जन सम्पर्क समिति क्यानभराका संयोजक ललित मल्ल, गैह्र आबासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समिती एनएसडब्लुका संयोजक शितल खांण गिरी पत्रकार हेमन्त काफ्ले, कृष्ण गिरी, बिबेक थापा लगायतले प्रबासी नेपालीहरूको पक्षमा नेपाल सरकार र अष्ट्रेलियामा रहेको नेपाली राजदूताबासले खुलेर साथ दिनु पर्ने कुरा तर्फ जोड दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update