मंगलबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
याे मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ घटेको हो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा काराेबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १, २०८० ११:५७
प्रतिक्रिया दिनुहोस्